एमाले महाधिवेशन: पदाधिकारी थपेर सहमतिको प्रयास

एमाले महाधिवेशन: पदाधिकारी थपेर सहमतिको प्रयास

२०७८, मंसिर ११ शनिवार

  • 1.0K
    SHARES

  • एमाले महाधिवेशन: पदाधिकारी थपेर सहमतिको प्रयास

    चितवन। नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ ।

    गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अब केन्द्रीय कमिटीमा ३०१, पोलिट्ब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय) मा १९ सदस्य हुनेछन् ।

    ती निकायमा अध्यक्ष र  वरिष्ठ उपाध्यक्ष  एक–एक, उपाध्यक्ष  छ, महासचिव एक उपमहासचिव  तीन र सचिव  सात हुनेछन् । यी सबै पदमा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ । 

    आज बिहान १० बजे बन्दसत्र सुरु गर्ने र सुरुमा विदेशी पार्टी र प्रतिनिधिका तर्फबबाट शुभकामना लिइने जनाइको छ । आउँदै गरेको निर्वाचनलाई ध्यानमाा राखेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।

    २०७८, मंसिर ११ शनिवार१२:११:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार