काँग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

काँग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

२०७८, मंसिर ११ शनिवार

  • 797
    SHARES

  • काँग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

    काठमाडौ । नेपाली काँग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ ।

    पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिएका हुन् ।

    समितिको सदस्यमा काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ । 

    यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिका सदस्यका रूपमा राखिएको छ ।

    यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन् ।

    काँग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो ।
     
    प्रधानद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा 

    नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    नेता प्रधानले आज शान्तिबाटिका रत्नापार्कमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

    घोषणासभामा उनले संविधानको मर्म र भावनाअनुरुप सङ्घीयताको संस्थागत विकास गराउनका लागि आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।

    नेता प्रधानले सङ्घीयता कार्यान्वयन फितलो रहेको बताउँदै आफू बागमती प्रदेश सभापति भएमा सङ्घीयताको संस्थागत विकासका लागि काम गर्ने उल्लेख गरे ।

    “सङ्घीय संरचनाअन्तर्गत संविधानमा तीन तहको व्यवस्था गरेको छ, पार्टीको तीन तहको संरचना बनेको छ, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्यो भने एउटा पहिचान बन्छ”, उनले भने । उनले प्रदेशभित्रका सबै जिल्लासँग समन्वय गरी बागमती प्रदेशलाई नमूना प्रदेश बनाउने आफ्नो आशय रहेको बताए । 

    २०७८, मंसिर ११ शनिवार०८:३५:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार