बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

२०७८, मंसिर १२ आइतवार

  • 845
    SHARES

  • बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा

    लन्डन । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धको घोषणा गरेको छ ।

    प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।

    बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ ।

    यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ ।

    हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन् ।

    यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन् ।

    बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएका हुन् ।

    उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन् ।

    साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।-एजेन्सी ।

    २०७८, मंसिर १२ आइतवार१२:२६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार