चितवन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको ३०१ सदस्यीय कमिटी प्रस्तावमा असन्तुष्टि बढेको छ ।
पार्टीमा द्धन्द्ध बढेपछि १० बुँदे सहमति गरेर एमालेमा फर्किएका पुर्व उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र सचिव भीम आचार्य पदाधिकारीमा समेटिएका छैनन् ।
त्यस्तै, केन्द्रीय सदस्यको आसामा प्रचार गरेर बसेका थुप्रै आकांक्षीहरु कमिटीमा नपरेपछि चुनाव निश्चित हुने भएको हो ।
निर्वाचन प्रक्रिया शुरु भए लगत्तै नेता भीम रावलले अध्यक्ष पदमा उमेद्वारी दर्ता गरेका छन् ।