काठमाडौं कांग्रेस सभापतिमा प्रकाशमान समूहका सबुज बानियाँ निर्वाचित

काठमाडौं कांग्रेस सभापतिमा प्रकाशमान समूहका सबुज बानियाँ निर्वाचित

२०७८, मंसिर १३ सोमवार

  • 929
    SHARES

  • काठमाडौं कांग्रेस सभापतिमा प्रकाशमान समूहका सबुज बानियाँ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज कृष्ण बानियाँ निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै बानियाँ दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

    उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य गगन थापालगायतको समर्थन थियो । कार्कीलाई सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतको समर्थन थियो ।

    बानियाँले १ हजार ९ सय ५७ मत ल्याए । कार्कीले १ हजार ८९ मत पाए । पदाधिकारीमा बानियाँ पक्षको प्यानल नै विजयी भएको छ । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन्। सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका छन्।

    यस्तै सहसचिवमा प्रा।डा अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन् ।

    २०७८, मंसिर १३ सोमवार०९:३९:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार