एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध; अन्य तिन पदमा निर्वाचन हुने

एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध; अन्य तिन पदमा निर्वाचन हुने

२०७८, मंसिर १३ सोमवार

  • 885
    SHARES

  • एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध; अन्य तिन पदमा निर्वाचन हुने

    काठमाडौं । नेकपा (एमाले)को जारी दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन भएका हुन् ।

    गत राती ४ः०० बजे अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी सहित ३०१  सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

    एमाले अध्यक्ष, उपाध्यक्ष, सचिवमा भने चुनाव हुने भएको छ । ती पदका लागि आकांक्षीहरूले उमेदवारी दर्ता गराएका छन् ।

    २०७८, मंसिर १३ सोमवार११:३०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार