एमाले महाधिवेशनमा मतदान जारी

एमाले महाधिवेशनमा मतदान जारी

२०७८, मंसिर १४ मंगलवार

  • 1.1K
    SHARES

  • एमाले महाधिवेशनमा मतदान जारी

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अन्तरगत मतदान जारी रहेको छ । 

    बिहान ४ बजेबाट मतदान सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि भोटिङ सुरु भएको हो ।

    अध्यक्षका उमेदवार भिम रावलले पनि मतदान गरिसकेका छन् । विष्णु पौडेलले पनि मतदान गरिसकेका छन् । राति २ बजेबाट मतदान सुरु हुने भनिए पनि ४ बजेबाट सुरु भएको हो ।

    विद्युतीय प्रक्रियाबाट मतदान भइरहेको छ । ओलीसहित केही शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । सर्वसम्मतीको प्रयास असफल भएपछि नेतृत्त्व चयनका लागि मतदान सुरु भएको हो ।

    खुला सदस्यतर्फ १०५ जनाको उम्मेदवारी परेको छ । जहाँबाट ८४ जना निर्वाचित हुनेछन् ।

    पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवार छन् ।

    सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवार रहेका छन् ।

    २०७८, मंसिर १४ मंगलवार०८:०२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार