भक्तपुर सभापतिमा पुनः दुर्लभ थापा

भक्तपुर सभापतिमा पुनः दुर्लभ थापा

२०७८, मंसिर १४ मंगलवार

  • 1.0K
    SHARES

  • भक्तपुर सभापतिमा पुनः दुर्लभ थापा

    भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार थापाले ५ सय ५५ मत प्राप्त गर्दै प्रतिस्पर्धी अष्टकुमार कवेलाई पराजित गरेका हुन् ।

    कवेले ४ सय ४२ मत प्राप्त गरे । कवे नेता प्रकाशमान सिंहनिकटका हुन् । थापा दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।

    जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भएको छ । उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए । सचिवमा सुशिल बस्नेत र राजेश खड्का निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भए ।

    २०७८, मंसिर १४ मंगलवार०८:४९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार