चितवन । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट सचिवको टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्ताव ७ जना नेता विजयी भएका छन् । सूचीबाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भए ।
विजयी उम्मेदवारमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी र रहेका छन् । उनीहरुमध्ये विष्टले सर्वाधिक १९७६ भोट ल्याएर विजय भए । अन्य उम्मेदवारमा विष्ट भन्दा १२ मत कम ल्याउँदै योगेश भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७००, महासेठले १५१३ भोट ल्याउँदै सचिव निर्वाचित बनेका छन् ।
पराजित उम्मदवारहरु भीम आचार्यले १३०० र टंक कार्कीले ५०० भोट ल्याएका छन् ।