एमाले खुला केन्द्रीय सदस्यको टप सिक्समा परे खगराज 

एमाले खुला केन्द्रीय सदस्यको टप सिक्समा परे खगराज 

२०७८, मंसिर १५ बुधवार

  • 1.7K
    SHARES

  • एमाले खुला केन्द्रीय सदस्यको टप सिक्समा परे खगराज 

    चितवन । नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा देवी ज्ञवाली सबै भन्दा बढी मत प्राप्त गरि विजयी भएका छन् । ज्ञवालीले १८७७ मत प्राप्त गरे । त्यसै गरि दोस्रोमा ठाकुर गैरेले १८३२ मत प्राप्त गरेका छन् । 

    यस्तै तेस्रोमा किरण गुरुंग, चौथोमा काशीनाथ अधिकारी, पाँचौमा भानुभक्त ढकालले क्रमशः १८११, १८०६ र १७९९ मत प्राप्त गरि विजयी भए ।

    त्यसै गरि पुर्व गुहमन्त्री समेत रहेका खगराज अधिकारीले सचिवमा दाबी गरेपनि छलफल पश्चात सहमति हुँदा केन्द्रीय सदस्यमा चित्त बुझाएका छन् । उनी महाधिवेशन प्रतिनिधिहरुको छैटौं रोजाइमा रहे । अधिकारीले १७९७ मत प्राप्त गरे । 

    उनी स्वास्थ्य मन्त्री हुँदा गरेका नविनतम काम स्वास्थ्य विमा कार्यक्रम मार्फत चर्चामा आएका थिए । कुनैपनि विषयबस्तुमा गहिरो अध्ययन गरेर मात्र कार्य शुरुवात गर्ने स्वभाव भएका प्रष्ट बक्ता अधिकारी जनताको बहुदलिय जनवाद (जबज) का कुशल व्याख्याकार समेत हुन् । उनी गण्डकी प्रदेशमा अधिक रुचाइएका नेता मध्येमा पर्दछन् । 

    २०७८, मंसिर १५ बुधवार०८:५०:३५
    प्रतिक्रिया
    सम्बन्धित समाचार