आज राप्रपा महाधिवेशनको निर्वाचन प्रक्रिया हुने

आज राप्रपा महाधिवेशनको निर्वाचन प्रक्रिया हुने

२०७८, मंसिर १६ बिहिवार

  • 1.8K
    SHARES

  • आज राप्रपा महाधिवेशनको निर्वाचन प्रक्रिया हुने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बुधवार भृकुटीमण्डपमा सुरु भएको छ ।

    नेतृत्वका लागि चुनावी प्रक्रिया भने बिहीबार सुरु हुने राप्रपाले जनाएको छ । अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेको कार्यक्रममा शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गरेका छन् ।

    राप्रपाको भावी अध्यक्षमा थापा र नेता लिङ्देनको दाबेदारी रहेको छ । नेता लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् भने पशुपति शमशेर राणा मौन देखिएका छन् । 

    २०७८, मंसिर १६ बिहिवार०७:४६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार