आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

२०७८, मंसिर १६ बिहिवार

  • 1.0K
    SHARES

  • आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

    काठमाडौँ । आज कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीको परिक्षा हुने भएको छ।

    भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो।

    बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी रहेकामा कोरोना प्रभावित परीक्षार्थी भने ४१ जना छन्। उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ। तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ।

    यस्तै बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते भित्र सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो।

    २०७८, मंसिर १६ बिहिवार०७:५२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार