कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

२०७८, मंसिर १७ शुक्रवार

  • 1.2K
    SHARES

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

    आज (शुक्रबार) बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिस्टममा अपलोड हुँदै छ, केही समयमा हेर्न मिल्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने।

    कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।

    कोरोनाका कारण पटक पटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।

    यद्यपि कोरोना संक्रमित भएर बुधवारबाट परीक्षा दिइरहेका परीक्षार्थीको नतिजा भने पौष भित्रै प्रकाशित गरिने स्रोतले बतायो । 

    २०७८, मंसिर १७ शुक्रवार११:०३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार