अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

२०७८, मंसिर १७ शुक्रवार

  • 801
    SHARES

  • अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

    अमेरिका । संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन् । 

    केही क्षण अघि, कोलोराडोको सार्वजनिक स्वास्थ्य र वातावरण विभागले ओमिक्रोन संस्करणको पहिलो कोलोराडो केस पुष्टि गर्यो।

    सङ्क्रमित दक्षिणी अफ्रिकाको यात्रा गरी भर्खर फर्किएकी हुन् । उनमा  हाल हल्का लक्षणहरू देखिएको छ र घरमा अलग्गै बसेकी छिन्। उनले खोप लिएकी थिइन तर  बुस्टर डोज भने लिएकी थिइनन् गभर्नरले  थपे । क्यालिफोर्निया र मिनेसोटामा अहिलेसम्म दुई अन्य केसहरू फेला परेका छन्।  ती सङ्क्रमित तीनै जनालाई खोप लगाइएको थियो ।

    नयाँ ओमिक्रोन संस्करणको बढ्दो त्रासका बीच अमेरिका लगायत विश्वभरका सरकारहरूले पछिल्लो समय यात्रा प्रतिबन्ध र सार्वजनिक स्वास्थ्य उपायहरू बढाएका छन्। 

    राष्ट्रपति जो बाइडेनले बिहीबार जाडो मौसममा  कोभिड भाइरस र  नयाँ भेरियन्ट विरुद्ध लड्न मद्दत गर्ने उद्देश्यले पाँच-बुदे योजना घोषणा गरेका थिए । एजेन्सी ।

    २०७८, मंसिर १७ शुक्रवार०४:४२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार