माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार तिर्नुपर्ने

माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार तिर्नुपर्ने

२०७८, मंसिर १८ शनिवार

  • 1.7K
    SHARES

  • माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार तिर्नुपर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिएको छ । 

    राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरू छान्ने विषयमा छलफल भइरहेको भन्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले यस्तो जानकारी दिए । 

    उनले भने, ‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौँ, त्यसलाई प्रस्तावकै रूपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरू पठाउने ठाउँहरू धेरै छन्, उनीहरू सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    प्रतिनिधिहरू छान्ने विषयमा पनि छलफल भएको छ। राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको सङ्ख्याको आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ। आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ। प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ।’

    २०७८, मंसिर १८ शनिवार०८:००:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार