राप्रपा नेतृत्वका लागि मतदान मध्यरातिसम्म हुने

राप्रपा नेतृत्वका लागि मतदान मध्यरातिसम्म हुने

२०७८, मंसिर १८ शनिवार

  • 945
    SHARES

  • राप्रपा नेतृत्वका लागि मतदान मध्यरातिसम्म हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।

    शनिबार विहान करिब १२ बजेबाट सुरु भएको मतदान मध्यरातिसम्म पुग्ने अनुमान गरिएको छ । विहान ८ बजे नै मतदान सुरु गर्ने भनिएपनि चारघण्टा ढिला गरि सुरु भएको थियो ।

    निर्वाचन समितिका एक अधिकारीले मतदान राति ११ बजेसम्म चल्न सक्ने बताए ।

    अहिलेसम्म कर्णाली प्रदेशमा ३३९ जम्मा मतदाता रहेकोमा २९६ मत खसिसकेको छ । सुदुरपश्चिम प्रदेशमा ४३५ जम्मा मतदाता रहेकोमा ३५१ मत खसिसकेको छ ।

    यस्तै, लुम्बिनी प्रदेशमा ९०० जम्मा मतदाता रहेकोमा ४७६ मत, गण्डकी प्रदेशमा ४५२ मतदाता रहेकोमा ३५७ र बागमती प्रदेशमा ९३६ मतदाता रहेकोमा ६३५ मत खसिसकेको छ ।

    यसैगरी प्रदेश २ मा ७२६ मतदाता रहेकोमा ४८३ मत खसिसकेको छ । प्रदेश १ मा ८१२ मतदाता रहेकोमा ६२० मत खसिसकेको छ ।

    राप्रपामा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन समूहबीच प्रतिस्पर्धा भइरहेको छ । 

    २०७८, मंसिर १८ शनिवार०८:२२:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार