राप्रपा अध्यक्षमा कमल थापा पराजित, राजेन्द्र लिङदेन २२७ मतान्तरले विजयी 

राप्रपा अध्यक्षमा कमल थापा पराजित, राजेन्द्र लिङदेन २२७ मतान्तरले विजयी 

२०७८, मंसिर १९ आइतवार

  • 1.1K
    SHARES

  • राप्रपा अध्यक्षमा कमल थापा पराजित, राजेन्द्र लिङदेन २२७ मतान्तरले विजयी 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पराजित भएका छन् । उनका महामन्त्री समेत रहेका राजेन्द्र लिङदेनले २२७ मतान्तरले थापालाई पराजित गरेका हुन् । 

    चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गरेका हुन् ।

    राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७१ मत खसेकोमा लिङदेनको पक्षमा १८४४ र थापाको पक्षमा १६१७ मत आएको थियो । ४३१ मत बदर भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

    पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।

    यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

    महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।

    महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

    महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

    २०७८, मंसिर १९ आइतवार०७:४४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार