काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्।
आज विहान सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट मात्र ल्याउन सकिन् ।