गुरुराज घिमिरेलाई ४ मतले हराउँदै काँग्रेस प्रदेश नं १ सभापतिमा उद्धव थापा निर्वाचित

गुरुराज घिमिरेलाई ४ मतले हराउँदै काँग्रेस प्रदेश नं १ सभापतिमा उद्धव थापा निर्वाचित

२०७८, मंसिर २० सोमवार

  • 817
    SHARES

  • गुरुराज घिमिरेलाई ४ मतले हराउँदै काँग्रेस प्रदेश नं १ सभापतिमा उद्धव थापा निर्वाचित

    विराटनगर । नेपाली काँग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् ।

    शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका थिए ।

    यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएको काँग्रेस मोरङले जनाएको छ ।

    अन्य पदको मतगणना जारी छ ।

    २०७८, मंसिर २० सोमवार०७:२५:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार