केसीलाई १५८ मतान्तरले हराउँदै काँग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

केसीलाई १५८ मतान्तरले हराउँदै काँग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

२०७८, मंसिर २० सोमवार

  • 913
    SHARES

  • केसीलाई १५८ मतान्तरले हराउँदै काँग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँ निर्वाचित

    मकवानपुर । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

    आइतबार सम्पन्न निर्वाचनबाट उनले एक हजार ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए ।

    १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    यसअघि शनिवार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७७ मत प्राप्त गरेका थिए । काँग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

    आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गरेका थिए ।

    २०७८, मंसिर २० सोमवार०७:२९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार