काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन् ।
कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत भोट नहालेर आफूले कमजोरी प्रस्तुत गरेको भन्दै माफी मागेका हुन् ।
उनले शनिबार भएको प्रदेश–१ को महाधिवेशनमा भोट हालेका थिएनन् ।
उनीसहित केन्द्रीय सदस्य सुजाता कोइराला, बलबहादुर केसी र महेश आचार्यले भोट हालेका थिएनन् ।
