कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी काठमाडौं आउँदै

कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी काठमाडौं आउँदै

२०७८, मंसिर २० सोमवार

  • 777
    SHARES

  • कांग्रेस महाधिवेशनमा भाग लिन ममता बेनर्जी काठमाडौं आउँदै

    काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

    कांग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा उनी आउन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । कांगे्रस महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुँदैछ ।

    बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो पठाएका थिए । बेनर्जीको सहभागिताले यस क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण हुने र पार्टीगत सम्बन्ध थप मजबुत हुने अपेक्षा देउवाले पत्रमा लिएका छन् ।

    नेपाल आउनको लागि बेनर्जीले केन्द्र सरकारसँग अनुमतिसमेत मागेकी छिन् । ‘मुख्यमन्त्री बेनर्जीले डिसेम्बर १० मा काठमाडौं आउन औपचारिक पत्र प्राप्त गर्नुभएको छ’ तृणमूल कंग्रेसले भनेको छ ।

    बेनर्जी गोवाबाट सीधै काठमाडौं आउने कार्यक्रम छ । 

    २०७८, मंसिर २० सोमवार०३:३६:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार