सहमहामन्त्री लड्ने घोषणा गरेका अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित

सहमहामन्त्री लड्ने घोषणा गरेका अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित

२०७८, मंसिर २२ बुधवार

  • 725
    SHARES

  • सहमहामन्त्री लड्ने घोषणा गरेका अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।

    सर्लाही क्षेत्र नम्बर ४ को मंगलबार सम्पन्न अधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका सिंह पराजित भएका हुन् । २ सय ४८ मत ल्याएपनि सिंहको जितका लागि पर्याप्त हुन सकेन ।

    सो क्षेत्रमा सिंहको टिममा रहेका अन्य कसैले पनि महाधिवेशन प्रतिनिधि जित्न सकेनन् । सिंहले लामो समयदेखि आफू मधेशी आरक्षणतर्फ सहमहामन्त्रीको उम्मेदवार बन्ने बताउँदै आएका थिए ।

    लामो समयदेखि विवादित बनेको सो क्षेत्रमा सांसद सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहबीच प्रतिस्पर्धा रहँदै आएको थियो । नेपाल प्रेस

    २०७८, मंसिर २२ बुधवार०९:१५:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार