भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

२०७८, मंसिर २२ बुधवार

  • 941
    SHARES

  • भारतीय सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

    काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर आज दुर्घटनामा परेको छ ।

    टाइम्स अफ इन्डियाका अनुसार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो ।

    रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ ।

    इन्डिया टुडेले अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।-एजेन्सी ।

    २०७८, मंसिर २२ बुधवार०४:०७:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार