देउवाद्वारा विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव

देउवाद्वारा विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव

२०७८, मंसिर २२ बुधवार

  • 753
    SHARES

  • देउवाद्वारा विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीको उम्मेदवार बनाउन प्रस्ताव

    काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्री पदको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् ।

    आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै बुढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँगको छलफलमा शर्मालाई खस आर्यबाट सहमहामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका हुन् ।

    विभिन्न समूहबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने काँग्रेसको विधानमा उल्लेख छ । खस आर्यतर्फबाट देउवा पक्षका मोहनबहादुर बस्‍नेत, गोविन्द भट्टराई र रमेश लेखकले पनि आकाङ्क्षा देखाएका छन् ।

    यस्तै, देउवा पक्षबाट दलिततर्फबाट सहमहामन्त्रीमा मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्गदाम्बे र चीनकाजी श्रेष्ठले पनि आकाङ्क्षा देखाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    देउवाकै पक्षबाट महिलातर्फबाट सहमहामन्त्रीमा डीला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसाल पनि आकाङ्क्षा देखाएका छन् ।

    विभिन्न पदमा उठ्ने नेताहरुको संख्या धेरै भएपछि अन्य पदहरुका उम्मेदवार टुङ्गो लगाउन देउवालाई सकस भएको नेताहरुले बताएका छन् ।

    देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका छन् ।

    २०७८, मंसिर २२ बुधवार०८:३५:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार