काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको भारतीय वायु सेनाले जानकारी दिएको छ ।
रावतसहित उनको पत्नी मधूलिका र थप ११ जनाको निधन भएको छ । यसअघि उनी भारतीय स्थल सेनाध्यक्ष रहेका थिए ।
उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हाल्दै आएका थिए ।