काठमाडौँ । महाधिवेशन केन्द्रीत नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहिबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपमा बैठक बस्ने भएको हो ।
वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हुनेछ । नयाँ कार्यसमिति चयनका लागि शुक्रबारदेखि १४औँ महाधिवेशन सुरु हुँदै छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि आग्रह गरिएको छ ।
मंसिर २४- २७ सम्म हुने १४ औं महाधिवेशनको सन्ध्यामा बस्न लागेको बैठकलाई चासोपुर्वक हेरिएको छ ।