भारत विश्वकै सर्वाधिक असमान देश, शीर्ष एक प्रतिशतसँग राष्ट्रिय आम्दानीको २२ प्रतिशत !

भारत विश्वकै सर्वाधिक असमान देश, शीर्ष एक प्रतिशतसँग राष्ट्रिय आम्दानीको २२ प्रतिशत !

२०७८, मंसिर २३ बिहिवार

  • 889
    SHARES

  • भारत विश्वकै सर्वाधिक असमान देश, शीर्ष एक प्रतिशतसँग राष्ट्रिय आम्दानीको २२ प्रतिशत !

    काठमाडौँ । भारत विश्वकै सवार्धिक असमान देश बनेको एक अध्ययनले देखाएको छ । ‘विश्व असमानता रिपोर्ट २०२२’ का अनुसार भारत एक गरिब र एकदमै असमानता भएको देशको सूचीमा समावेश भएको हो । यस अनुसार सन् २०२१ मा भारतमा एक प्रतिशत मानिसको साथमा राष्ट्रिय आयको २२ प्रतिशत हिस्सा छ, जबकि कम तलब हुने ५० प्रतिशत मानिसको साथमा १३ प्रतिशत मात्रै हिस्सा छ । 

    यो प्रतिवेदन प्रमुख लेखक लुकास चान्सल हुन् । उनी ‘वल्र्ड इनिक्वालिटी ल्याब’ का सहनिर्देशक हुन् । यस प्रतिवेदन तयार गर्न फ्रान्सका अर्थशास्त्री थोमस पिकेटी, इम्यानुअल सैज र गेब्रियल जुकमान जस्ता विशेषज्ञले सहयोग दिएका छन् । 

    भारतका वयस्क मानिसको औसत आय दुई लाख चार हजार दुई सय रुपैया छ । जबकि कम आय भएका ५० प्रतिशत मानिसको आय ५३ हजार छ सय १० रुपैयाँ छ । शीर्ष १० प्रतिशत मानिसको आय यसको करिब २० गुणा धेरै ९११ लाख ६६ हजार पाँच सय २०० छ । 

    भारतका शीर्ष १० प्रतिशत मानिससँग कुल राष्ट्रिय आयको ५७ प्रतिशत छ । 

    यूरोपमा शीर्ष १० प्रतिशतको आय ३६ प्रतिशत छ, जबकि मध्य र उत्तरी अफ्रिका ५८ प्रतिशत, पूर्वी एसियामा ४३ प्रतिशत र ल्याटिन अमेरिकामा ५५ प्रतिशत छ ।

    प्रतिवेदन अनुसार विश्वको असमानता आज पनि उत्तिकै छ जति २० औँ शताब्दीको सुरुवातमा थियो, त्यतिबेला पश्चिमी साम्राज्य आफ्नो चरम अवस्थामा थियो । 

    विश्वका सबैभन्दा गरिब मानिससँग मुस्किकले केही सम्पत्ति छ, जसको हिस्सेदारी कुल सम्पत्तिको मात्रै २ प्रतिशत छ । जबकि विश्वका सबैभन्दा धनी १० प्रतिशत मानिससँग ७६ प्रतिशत सम्पत्ति छ ।  

    यस्तै, रिपोर्टमा सन् १९९० मा महिलाको कुल आय ३० प्रतिशत थियो भने अहिले पनि ३५ प्रतिशत भन्दा कम भएको जनाइएको छ । द वायरबाट 

    २०७८, मंसिर २३ बिहिवार०८:३२:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार