मेस्सी बिनाको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर 

मेस्सी बिनाको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर 

२०७८, मंसिर २३ बिहिवार

  • 1.1K
    SHARES

  • मेस्सी बिनाको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिर 

    जर्मन च्याम्पियन बायर्न म्युनिखसँग पराजित भएपछि पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

    सन् २००३–०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । बार्सिलोनाले अव युरोपा लिग खेल्नेछ ।

    यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्को खराब स्थिति हो । बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो ।

    समूह ‘इ’कै अर्को खेलमा बेन्फिकाले डाइनामो किभलाई पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेज प्रशिक्षिक बार्सिलोना बाहिरिएको हो ।

    बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे ।

    ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औं मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई जित दिलाए ।

    समुहको अर्को खेलमा बेनफिकाले डाइनामोलाई २-० गोलअन्तरले हरायो । बेफिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टो जुनियरले गोल गरे ।

    जितसँगै बायर्नले ६ खेलबाट शतप्रतिशत विजय हासिल गर्न सफल भयो । ९ अंकको अन्तर रहेको बेनफिका उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।-एजेन्सी । 

    २०७८, मंसिर २३ बिहिवार०९:१७:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार