काँग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु हुँदै

काँग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु हुँदै

२०७८, मंसिर २४ शुक्रवार

  • 1.2K
    SHARES

  • काँग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु हुँदै

    काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आज (शुक्रबार) बाट काठमाडौँमा सुरु हुँदै छ ।

    ‘उत्साह, एकता, रूपान्तरण: सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुन लागेको हो ।

    उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    कोरोना संक्रमणको जोखिमका कारण काँग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिसहरु उतारेको छैन । काठमाडौँ उपत्यका भित्रका र स्वतःस्फूर्त काठमाडौँमा आएकाहरुमात्र उद्घाटन समारोहमा सहभागी हुने काँग्रेसले जनाएको छ ।

    तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले काँग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । काँग्रेस विधान अनुसार २६० जनाको कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीका लागि निर्वाचन हुनेछ ।

    त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।

    काँग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । शनिबार उम्मेदवारी टुङ्गिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।

    २०७८, मंसिर २४ शुक्रवार०७:५३:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार