काठमाडौँ । नेपाली काँग्रेसका नेता मन्त्री मिनेन्द्र रिजालले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आज (शुक्रबार) नक्सालमा पत्रकार सम्मेलन गर्दै रिजालले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘काँग्रेसमा नयाँ नेतृत्व आउनपर्छ, तर चुनावसम्म यही सरकार रहन्छ’ उनले भने, ‘ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनमा मेरो भूमिका महत्त्वपूर्ण रहनेछ। ’
उनले काँग्रेसको मतगणना सकिएको दिन देउवा निवर्तमान सभापति बन्ने दाबी समेत गरे।
पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउने धारणा राखे। उनी लामो समयसम्म देउवा समूहमा रहेता पनि १३ औं महाधिवेशन पश्चात समूह छाडेका हालका इतर समूहका प्रमुख नेता मध्येमा पर्दछन् ।
उनी नेपाली कांग्रेसका अत्यधिक रुचाइएका नेता मध्येमा पर्दछन् । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि कांग्रेसको तर्फबाट संसदमा बोलेको रिजालको भाषण अत्यन्तै लोकप्रिय बनेको थियो । युटुयुबमा उक्त भाषण अत्यधिक हेरिएको भाषण मध्येमा पर्दछ ।