आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

२०७८, मंसिर २४ शुक्रवार

  • 981
    SHARES

  • आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

    पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाए ।

    प्रधानमन्त्री देउवाले भने, ‘आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।’

    स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उनले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गरे । ‘डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्’, प्रधानमन्त्री देउवाले भने।

    आफ्नो कार्यकाल अन्तिम पटकका लागि भएकाले सहयोग गर्न कार्यकर्तालाई उनले आग्रह गरेका थिए । 

    २०७८, मंसिर २४ शुक्रवार०८:२१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार