आज माओवादी केन्द्रको प्रदेश सम्मेलन हुँदै, गण्डकीमा ३५ प्रतिशत महिला

आज माओवादी केन्द्रको प्रदेश सम्मेलन हुँदै, गण्डकीमा ३५ प्रतिशत महिला

२०७८, मंसिर २५ शनिवार

  • 1.8K
    SHARES

  • आज माओवादी केन्द्रको प्रदेश सम्मेलन हुँदै, गण्डकीमा ३५ प्रतिशत महिला

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ।

    सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो। अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ।

    प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

    सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्। प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।

    माओवादीे केन्द्रले कमिटी निर्माण हुँदा अधिकतम महिलालाई कमिटीमा राख्ने जनाएको छ । सोही मुताविक गण्डकी प्रदेशले ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई स्थान दिने यसअघि नै बताएको छ । 

    माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ।

    २०७८, मंसिर २५ शनिवार०७:४८:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार