आज स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

२०७८, मंसिर २५ शनिवार

  • 3.2K
    SHARES

  • आज स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्दैछ । बैठकमा १५ वटा एजेण्डामा छलफल हुने छ । बैठकले केन्द्रीय सदस्य मनोनित गर्ने अर्को महत्वपूर्ण एजेण्डा छ ।

    त्यस्तै बैठकले जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समयसीमा निर्धारण गर्नेछ । त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ ।

    केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए। बैठक आज मंसिर २५ र २६ गते दुई दिनसम्म चल्ने बताइएको छ ।

    एमालेले मंसिर १०- १३ सम्म चितवनको सौराहामा १० औं महाधिवेशन सम्पन्न गरेको थियो । उक्त महाधिवेशन स्थलमा नै पहिलो बैठक आयोजना गरेको थियो । 

    २०७८, मंसिर २५ शनिवार०८:२९:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार