काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।
लामो समयसम्म संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए ।
उनले अन्तिम समय सम्म प्रयास गरेपनि सिंहको समर्थन प्राप्त नभएकाले पौडेल प्रतिस्पर्धाबाट बाहिरिएको जनाइएको छ ।