काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताधारी कांग्रेस केवल सत्ताको भर्यांगमा सिमित भएको आरोप लगाएका छन् । पौडेलले आज एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको मझदारमा आएर आफू मैदानबाहिर रहेको बताएका हुन् ।
“चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,” उनले भने, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ ।” पौडेलले भनेका छन् ।
