काठमाडौं । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिका लागि दिएको उमेदवारी फिर्ता लिन चाहेमा मनोनयन दर्ता गरेका उमेदवारले मनोनयन फिर्ता लिन सक्ने छन् ।
निर्वाचन कार्यतालिका अनुसार उमेदवारहरुले मनोनयन फिर्ता लिनु परे आज बिहान ११ बजेसम्मको समय निर्धारण गरिएको छ ।
निर्वाचन समितिको कार्यतालिका अनुसार आज मध्यान्न १२ बजेर १५ मिनेमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
कांग्रेसको नयाँ नेतृत्त्व चयनका लागि २७ गते (भोलि) बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।