अमेरिकामा शक्तिशाली आँधी, सबै सहयोगका लागि राष्ट्रपति बाइडेनको प्रतिवद्धता

अमेरिकामा शक्तिशाली आँधी, सबै सहयोगका लागि राष्ट्रपति बाइडेनको प्रतिवद्धता

२०७८, मंसिर २६ आइतवार

  • 733
    SHARES

  • अमेरिकामा शक्तिशाली आँधी, सबै सहयोगका लागि राष्ट्रपति बाइडेनको प्रतिवद्धता

    अमेरिकाका राष्ट्रपति जो बाइडेनले आँधीका कारण ठूलो नोक्सानी ब्यहोरेका देशको मध्यक्षेत्रमा सहयोगका लागि केन्द्र सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

    बाइडेनले आँधीबाट सबैभन्दा प्रताडित केन्टकी राज्यमा आपतकालीन सहयोगका लागि एउटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले यो आँधीलाई अमेरिकी इतिहासकै सबैभन्दा विनाशकारीमध्येको एक भनेका छन् ।

    शुक्रबार मध्यरातमा आएको आँधीका कारण केन्टकी राज्यमा मात्र ७० भन्दा बढीको मृत्यु भएको थियो । समग्रमा १ सयभन्दा बढीको निधन भएको बताइएको छ ।

    केन्टकीको एक मैनवत्ती कारखानामा मात्र दर्जनभन्दा बढीको मृत्यु भएको त्यहाँको आपतकालीन सेवाले जानकारी दिएको छ । आँधीले सरकारी कार्यालय, प्रहरी कार्यालय तथा अग्निनियन्त्रण कार्यालयमा पनि क्षति पुगेका कारण उद्धारकार्यमा कठिनाइ भइरहेको छ ।

    लाखौं मानिस विजुली र खानेपानीको पहुँचबाहिर पुगेका छन् । - एजेन्सी । 

    २०७८, मंसिर २६ आइतवार०८:३४:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार