काठमाडौं । नेकपा (एमाले) दोश्रो केन्द्रीय कमिटी बैठकले काठमाडौं सिनामंगल निवासी प्रेम कुमार पराजुलीलाई उपत्यका विशेष कमिटी अध्यक्षमा चयन गरेको छ ।
पेशागत क्षेत्रमा रहेर पार्टी काममा कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेका पराजुली हाल पेशागत विशेष जिल्ला कमिटीका अध्यक्ष (उपत्यका विशेष कमिटी पदेन सदस्य) समेत हुन् ।
विद्यार्थी काल वि.संं.२०३५/३६ सालको आन्दोलनबाटै संखुवासभा खाँदवारीबाट अनेरास्ववियुमा सक्रिय रहेका पराजुलीले चर्को प्रहरीदमन र यातना समेत भोगेका थिए ।
त्यसएता वि.संं.२०४० सालमा निजामती सेवामा प्रवेश गरेका पराजुली दुई वर्ष अगाडि नेपाल सरकार अर्थ मन्त्रालयबाट सेवा निवृत्त भएका थिए ।
वि.सं २०४७ सालमा पञ्चायती व्यवस्था ढले पश्चात कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा नेकपा मालेको तर्फबाट कृषि मन्त्री बनेका झलनाथ खनालको निजी सचिवालयमा समेत रहेर लेखापालको जागरिमा रहेका पराजुलीले महत्वपूर्ण कार्य सम्पादन गरेका थिए ।
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले पार्टीका विभिन्न गतिविधिमा सक्रियतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।