माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा

२०७८, मंसिर २७ सोमवार

  • 1.6K
    SHARES

  • माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

    सम्मेलनमा उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरिएको छ ।

    शनिबार काठमाडौँमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको बताइएको छ । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौँमा हुँदैछ ।

    २०७८, मंसिर २७ सोमवार०७:५८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार