काँग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

काँग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

२०७८, मंसिर २७ सोमवार

  • 2.0K
    SHARES

  • काँग्रेस महाधिवेशनमा रामचन्द्र पौडेलले मतदान नगर्ने

    काठमाडौँ । काँग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।

    नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने बताइएको छ ।

    सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए।

    संस्थापनइतर नेता पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि महाधिवेशन प्रतिस्पर्धाबाट अलग रहेको उनले घोषणा गरेका थिए ।

    २०७८, मंसिर २७ सोमवार०८:०८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार