राष्ट्रिय राजनीतिमा स्थापित हुँदै अग्नी खरेल, बने नेकपा एमाले स्थायी कमिटी सदस्य

राष्ट्रिय राजनीतिमा स्थापित हुँदै अग्नी खरेल, बने नेकपा एमाले स्थायी कमिटी सदस्य

२०७८, मंसिर २७ सोमवार

  • 1.1K
    SHARES

  • राष्ट्रिय राजनीतिमा स्थापित हुँदै अग्नी खरेल, बने नेकपा एमाले स्थायी कमिटी सदस्य

    काठमाडौं । नेकपा (एमाले) पार्टीमा कानुन क्षेत्रका हस्ती मानिएका अग्नी खरेल पार्टी स्थायी कमिटी सदस्यमा चयन भएका छन् ।

    मंसिर २५-२६ गते दुई दिन भक्तपुरमा चलेको दोस्रो केन्द्रीय कमिटी बैठकले खरेललगाएतलाई स्थायी कमिटीमा चयन गरेको हो । 

    सरल स्वभाव र तथ्यपूर्ण कुरामा विश्वास गर्ने उनको बानीले गर्दा कार्यकर्ता पंक्तिमा उनको लोकप्रियता चुलिँदै गएको बताइएको छ ।

    लामो समय सम्म पार्टीको निर्वाचन आयोगमा रहेर काम गरेका खरेल ९ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यस यता संगठनमा समेत पकड जमाउँदै अगाडी बढेका खरेल पार्टीका प्रभावशाली नेताका रुपमा दर्ज हुन पुगेका छन् । 

    पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा फरक धारणा राखेकै कारण उनलाई महान्यायाधिवक्ताबाटै हटाइएको समेत राजनीतिक बृत्तमा चर्चा छ । 

    २०७८, मंसिर २७ सोमवार०९:५३:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार