ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

२०७८, मंसिर २७ सोमवार

  • 757
    SHARES

  • ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा

    काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै आपतकाल घोषणा गरिएको छ ।

    प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन आपतकाल घोषणा गर्दै नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने बताए ।

    बेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशङ्का नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन् । यसअघि बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो ।

    यद्यपि आोमिक्रोनको सङ्क्रमण बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए । कोरोना विरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ ।

    जसका कारण अस्पतालमा हुने चाप समेत नियन्त्रण गर्न सकिन्छ । यसैैबीच बेलायतले बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरेको छ ।

    बेलायतमा ओमिक्रोन सङ्क्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्धात्मक नियम लागू गरेको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिएका छन् ।-एजेन्सी ।

    २०७८, मंसिर २७ सोमवार१२:३७:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार