३१८१ मत गन्दासम्म देउवालाई १५०६ मत, कोइरालालाई ११७८ मत प्राप्त

३१८१ मत गन्दासम्म देउवालाई १५०६ मत, कोइरालालाई ११७८ मत प्राप्त

२०७८, मंसिर २८ मंगलवार

  • 1.0K
    SHARES

  • ३१८१ मत गन्दासम्म देउवालाई १५०६ मत, कोइरालालाई ११७८ मत प्राप्त

    काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

    राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले अहिलेसम्म देउवाले १५०६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ११७८ मत प्राप्त गरेका छन् ।

    प्रकाशमान सिंह २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।

    काँग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

    कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबिच पुनः प्रतिस्पर्धा हुनेछ ।

    २०७८, मंसिर २८ मंगलवार०७:४७:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार