जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु

जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु

२०७८, मंसिर २८ मंगलवार

  • 849
    SHARES

  • जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु

    नयाँ दिल्ली । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ ।

    आक्रमणमा १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको हो ।

    प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

    कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको जनाएको छ । -एजेन्सी ।

    २०७८, मंसिर २८ मंगलवार०८:०६:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार