काठमाडौँ । नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता जारी राखेका छन् ।
जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म देउवाले २०४६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १६१५ मत प्राप्त गरेका छन् ।
देउवालाई जित हात पार्न गन्न बाँकी ४ सय मतमा थप २९४ मतको आवश्यक पर्दछ ।
यसैबिच सभापति चुनिन दोस्रो चरणमा जाने संकेत सँगै गुहमन्त्री बालकृष्ण खाँड देउवाको सन्देश लिएर प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका स्रोतले जनायो ।