सकियो मत गणना, सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने 

सकियो मत गणना, सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने 

२०७८, मंसिर २८ मंगलवार

  • 849
    SHARES

  • सकियो मत गणना, सभापति चयनका लागि दोस्रो चरणको चुनाव हुने 

    काठमाडौं । नेपाली कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

    जम्मा ४५७९ मत गणना हुँदा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका  छन् ।

    तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

    प्रधानमन्त्री समेत रहेका देउवालाई पुनः सभापति चुनिन ८२ मत पुगेन यससँगै शेखर समूह भने उत्साही देखिएको छ ।

    २०७८, मंसिर २८ मंगलवार०९:०८:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार