कांग्रेस महाधिवेशन

प्रकाशमान र विमलेन्द्र निर्णायक

प्रकाशमान र विमलेन्द्र निर्णायक

२०७८, मंसिर २८ मंगलवार

  • 889
    SHARES

  • प्रकाशमान र विमलेन्द्र निर्णायक

    काठमाडौँ । नेपाली कांग्रसको १४ औं महाधिवेशनबाट सभापति चुनिन नेता प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक देखिएका छन् । 

    सोमवार मध्यरातमा सम्पन्न निर्वाचनको ताजा मत परिणाम अनुसार प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरवहादुर देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।

    कुल खसेको मत अनुसार देउवालाई सभापतिमा चुनिन ८२ र कोईरालालाई ६११ मत अपुग रहयो । तेस्रो स्थानका सिंह र चौथो स्थानका निधिको मत परिणाम जोड्दा ६२० मत पुग्ने देखिन्छ । यो मत नै निर्णायक देखिएको छ । 

    यो समाचार तयार पार्दा सम्म गृहमन्त्री बालकृष्ण खाँड देउवाको सन्देश लिएर सभापतिका तेस्रो मत प्राप्त उमेदवार प्रकाशमानसिंहको निवास चाक्सीबारीमा पुगेका छन् । 

    यता अर्का उमेदवार विमलेन्द्र निधिले भने दोस्रो चरणको चुनावमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् ।

    पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ ।

    दोस्रो चरणको निर्वाचन आजै हुने निर्वाचन कमिटीले जनाएको छ । 

    २०७८, मंसिर २८ मंगलवार०९:५०:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार