सिंहको समर्थन देउवालाई 

सिंहको समर्थन देउवालाई 

२०७८, मंसिर २८ मंगलवार

  • 809
    SHARES

  • सिंहको समर्थन देउवालाई 

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

    देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

    राजनीतिका चतुर खेलाडी देउवाले मत गणना अन्तिम चरणमा पुगिरहँदा आफना निकटतम सहयोगी गृहमन्त्री बालकृष्ण खाँडलाई सिंह निवास पठाएका थिए ।

    खाँडले नेता सिंहलाई भेटेर फर्किए लगत्तै अध्यक्षका अर्का प्रत्यासी शेखर कोईराला पुगेपनि सो भन्दा अगावै सिंहले देउवा भटेर अन्तिम निर्णयमा पुग्ने गृहकार्य सकिसकेको अनुमान गरिएको छ । 

    दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीच सभापतिमा प्रतिस्पर्धा हुने भएको छ ।

    २०७८, मंसिर २८ मंगलवार११:३९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार