झापाको कन्काईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

झापाको कन्काईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

२०७८, पौष १ बिहिवार

  • 1.2K
    SHARES

  • झापाको कन्काईमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

    काठमाडौँ । झापाको कन्काई नगरपालिकामा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

    बुधबार बेलुकी ७ बजेको समयमा दुर्गापुरस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो।

    प्रहरीका अनुसार ज्यान गुमाउनेमा मोटरसाइकल चालक इलामको रोड गाउँपालिका-६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका मोटरसाइकल पछाडि सवार अन्दाजी ४० वर्षीय चन्द्र बहादुर राई रहेका छन्।

    बस र बस चालक इलाम चुलाचुली गाउँपालिका-२ का ३१ वर्षीय सरोज ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    २०७८, पौष १ बिहिवार०८:४५:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार